अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेट, विवादास्पद् अभिव्यक्तिबारे चासो

बिआरटीनेपाल २०८० भदौ २२ गते ७:४४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बालुवाटारमा शुक्रबार साँझ उहाँहरूबीच भेटवार्ता भएको हो। स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले चिनियाँ राजदूतले केही दिनअघि दिएको अभिव्यक्तिबारे चासो राख्नुभएको थियो । राजदूत सोङले गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल र भारतको सम्बन्धमाथि गैरकूटनीतिक अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्री र राजदूतबीच नक्सा प्रकरण र आसन्न चीन भ्रमणको बारेमा छलफल भएको स्रोतले बताएको छ।

आफ्नै अभिव्यक्तिबाट आलोचित भएपछि राजदूत सोङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेको स्रोतको जनाएको छ । नेपाल र भारत मामिलामा गैरकूटनीतिक अभिव्यक्ति दिएपछि राजदूत सोङको चर्को विरोध भइरहेको छ। राजदूत सोङले नेपाल र भारतबीचको व्यापारमा खलल पुग्नेगरी अभिव्यक्ति दिएपछि उनलाई फिर्ता पठाउनेसम्मको माग उठेको छ भने संसद बैठकमा पनि यस सम्बन्धमा प्रश्न उठेको छ। नेताहरूले राजदूत सोङसँग परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुपर्ने बताउँदै आएका छन्।

त्यसअघि चीनको प्राकृतिक संसाधन मन्त्रालयले छिमेकी मुलुकहरूसहितको मानक नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालको संसदबाट पारित भइसकेको चुच्चे नक्सा नसमेटिएपछि चीनको चर्को विरोध भइरहेको छ। परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायले नेपालको नक्साको सम्मान गर्नुपर्ने बताएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू