अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

ललिता निवास प्रकरणमा १७ जना प्रतिवादीतर्फका कानुन व्यवसायीको सकियो बहस

बिआरटीनेपाल २०८० भदौ २२ गते ७:४० मा प्रकाशित

‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका १७ जना प्रतिवादी तर्फबाट बहस सकिएको छ । शुक्रबार ९ जना प्रतिवादीका कानुन व्यवसायीले थुनछेक बहस गरेका छन् । डिल्लीबजार मालपोतका तत्कालीन नासु योगराज पौडेल, खरिदार नारायणराज मिश्र, अमिन अरुण कुमार श्रेष्ठ, नापी अधिकृत ध्रुव प्रसाद अर्याल, बिचौलिया केशव तुलाधर, ‘नक्कली मोही’हरु बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजय कुमार महर्जनको तर्फबाट बहस सकिएको छ ।

यसअघि भाटभटेनी डेभलपमेन्ट प्रालिका संचालक मीन बहादुर गुरुङ, तत्कालीन नापी सर्वेक्षक घमन कुमार कार्की, डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की र समरजंग कम्पनीका सहायक लेखापाल विनोद प्रसाद पौडेलको तर्फबाट बहस भएको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा यसअघि शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा तर्फबाट बहस भइसकेको छ । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा १८ जना थुनामा छन् । अब, समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेतर्फका कानुन ब्यवसायीको बहस हुन बाँकी छ । घिमिरेका कानुन व्यवसायीले आइतबार बहस गर्दैछन् ।

शुक्रबार तत्कालीन नासु योगराज पौडेलको तर्फबाट वरिष्ठ अधिवक्ता रवि नारायण खनालसहित दुईजना अधिवक्ताले बहस गरेका छन् ।प्रतिवादी नारायण राज मिश्रको तर्फबाट अधिवक्ता डा। रमेश बराल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बहस गर्नुभयो । तत्कालीन अमिन अरुण कुमार श्रेष्ठको तर्फबाट अधिवक्ता न्हुच्छेनारायण श्रेष्ठ र बद्री पाठकले बहस गरेका छन् । प्रतिवादी ध्रुव प्रसाद अर्यालको तर्फबाट अधिवक्ता सोमराज तिमल्सिना, वरिष्ठ अधिवक्ता ओम थपलिया र अधिवक्ता संजिव आचार्यले बहस गरेका छन् ।

प्रतिवादी केशव तुलाधरको तर्फबाट अधिवक्ता प्रमिका महर्जन, रमेश महर्जन र भरत प्रसाद खरेलले बहस गरे । मोहिहरु बावुराजा महर्जन र देवनारायण महर्जनको तर्फबाट अधिवक्ता हेममणी सुवेदीले बहस गरेका छन् । प्रतिवादीहरु सकलानन्द महर्जन र संजय कुमार महर्जनको तर्फबाट वरिष्ठ अधिवक्ता ज्ञानेन्द्र प्रसाद पोखरेल, अधिवक्ताहरु कृष्ण कुमार श्रेष्ठ, निरन्जन कुमाार खड्का र अर्जुन बासुले बहस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू