अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

एसिया कप : भारत र पाकिस्तानबीचकाे खेलका लागि ‘रिजर्भ डे’ राखियाे

बिआरटीनेपाल २०८० भदौ २२ गते ६:४७ मा प्रकाशित

एसिया कपकाे ‘सुपर फाेर’ मा भारत र पाकिस्तानबीचकाे खेलमा ‘रिजर्भ डे’ राखिएकाे छ । भारत र पाकिस्तानबीचकाे खेल आउँदाे आइतवार काेलम्बाेमा हुँदैछ । याे खेलमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले ‘रिजर्भ डे’ राखेकाे हाे । फाइनलमा बाहेक ‘सुपर फाेर’ मा ‘रिजर्भ डे’ राखिएकाे याे पहिलाे खेल हाे ।

यसअघि समूह चरणमा भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण रद्द भएकाे थियाे, जसबाट क्रिकेट समर्थक निराश भएका थिए । काेलम्बाेमा केही दिनयता लगातार पानी परिरहेकाे छ । यस्ताे अवस्थामा आइतवार खेल हुनेमा अनिश्चित छ, यही कारण ‘रिजर्भ डे’ राखिएकाे हाे । आइतवार यदि खेल बीचमा राेकिएकाे अवस्थामा साेमवार फेरि त्यहीँबाट खेल शुरु हुनेछ । आइतवारकाे खेलका लागि टिकट काटेका व्यक्तिहरूलाई टिकट सम्हालेर राख्न भनिएकाे छ ।

प्रतिक्रिया