अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

भारतसँग हारेसँगै नेपाल १६ वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे समूह चरणबाटै बाहिरियाे

बिआरटीनेपाल २०८० भदौ २० गते ५:५९ मा प्रकाशित

नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियाेगिताकाे समूह चरणबाटै बाहिरिएकाे छ ।आज बुधवार भुटानकाे थिम्पुमा भएकाे खेलमा भारतसँग १–० गाेलले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएकाे हाे । भारतका लागि माेहम्मद अरबासले खेलकाे ३३ औँ मिनेटमा गाेल गरे ।

समूह ‘ए’ मा रहेको नेपाल अस्ति साेमवार भएकाे पहिलाे खेलमा बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो । नेपाल बाहिरिएसँगै भारत समूह ‘ए’ को विजेता र बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह ‘बी’ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेकाे छ । आजै हुने माल्दिभ्स र भुटानबीचकाे खेलबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेलीकाे टुङ्गाे लाग्नेछ ।

प्रतिक्रिया