अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 02:03

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने पक्राउ

बिआरटीनेपाल २०८० भदौ २० गते ५:१४ मा प्रकाशित

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरी सांघातिक आक्रमण गर्ने पक्राउ परेका छन् । बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई प्रहरी पक्राउ परेको हो ।

सापकोटा रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका थिए । खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू