अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

जसपाले गर्यो केन्द्रीय कार्यालय समिति सदस्यहरुको कार्य विभाजन

बिआरटीनेपाल २०८० भदौ १८ गते ७:०२ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यालय समिति सदस्यहरुको कार्य विभाजन गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यहरुको कार्य विभाजन गरेको हो ।

जसअनुसार प्रशासनिक कार्यसञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई. देवनारायण यादवलाई दिइएको छ । केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको छ ।

बैठकले पूर्व केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रकृया र उपलब्ध कागजातहरु बुझबुझारथ गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू