अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

नेपालमा एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं – अमेरिकी सिनेटर होलेन

बिआरटीनेपाल २०८० भदौ १७ गते ६:५५ मा प्रकाशित

​अमेरिकी सिनेटको वैदेशिक मामिला कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालमा एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहेको बताउनुभएको छ । सभामुख देवराज घिमिरेसँग आइतवार भएको भेटवार्तामा सिनेटर होलेनले एमसीसीबाट नेपालले फाइदा लिन सक्ने भन्दै कार्यान्वयनमा जोड दिनुभएको हो ।

‘एमसीसी दुई देशबीचको सम्बन्ध र सहकार्यको उदाहरण हो,’ सभामुखसँगको भेटमा उहाँले भन्नुभयो, ‘हामी एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं ।’ नेपालमा एमसीसी कार्यान्वयन शुरु भएलगत्तै आफ्नो भ्रमण भएको बताउँदै होलेनले एमसीसीबाट नेपालले फाइदा लिने विश्वास व्यक्त गर्नुभयो ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया