अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३०
| Colorodo: 05:45
नेकपा एमाले सम्बद्ध युवा संघले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मसाल जुलुस निकालेको छ । शनिवार बानेश्वरस्थित युवासंघ कार्यालयबाट संसद् भवनतर्फ मसाल बोकेर अघि बढेका युवा संघका नेता कार्यकर्तालाई प्रहरीले बीचमै रोकेको थियो ।
स्वचालित मूल्य निर्धारण पद्धति सुरु भएको एक महिना मै नेपाल आयल निगमले गत बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो । उनीहरुले सुशासन कायम गर्नुपर्नेमा सरकार चुकेको भन्दै नाराबाजी समेत गरेका थिए ।