अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

चीनमा दुर्लभ सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण

बिआरटीनेपाल २०८० भदौ १५ गते ८:२३ मा प्रकाशित

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ । ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगुङ होङ्गेले यो ओरिएन्टल सारसलाई बचाउनको लागि आफूहरुले धेरुै विकल्पहरुको विचार गर्नुपरेको बताए । उनले सारसलाई सकेसम्म चाँडो कृत्रिम चुच्चो उपलब्ध गराउनु उचित हुने ठानेर सोही अनुससार नक्कली चुच्चो प्रदान गरेको बताए ।

सारस चरालाई उपचारपछि जंगलमा छोडिएको छ । यो जातिको चराहरुलाई विशाल पाण्डा भनेर पनि चिनिन्छ । प्रकृति संरक्षणको लागि यो अन्तर्राष्ट्रिय संघले दुर्लभ चराको रुपमा सूचिवद्ध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू