अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न माग

बिआरटीनेपाल २०८० भदौ १२ गते ८:१८ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न माग भएको छ ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले  प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई  निलम्वन गर्न सरकारसँग गर्नुभएको हो ।  सांसदसुवालले  मंगलबार प्रतिनिधिसभा विशेष समय लिएर बोल्दै उनले बिद्युत महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग गर्नुभएको हो ।

‘‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरुसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ?  छानबिन गरी कारबाही हुन जरुरी छ’ सांसद सुवालले भन्नुभयो – ‘बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्वन गरी कारबाही गर्न जरुरी छ ।’

सांसद सुवालले निर्वाचन आयोगले तयार पारेको निर्वाचनसम्बन्धी एकीकृत विधेयकको मस्यौदाबाट ३ प्रतिशत मत कटाउन नसक्नेलाई राष्ट्रिय दलको मान्यता नदिने व्यवस्था हटाउन समेत मागष् गर्नुभयो । ‘राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा ३ प्रतिशत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरितको प्रावधान यथावत राखिएको छ’ उहाँले भन्नुभयो –  यो मत सीमा हटाउन सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा ६ वर्ष भयो । तर फैसला भएको छैन ।

प्रतिक्रिया