अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकाे जेल सजाय उच्च अदालतद्वारा निलम्बन

बिआरटीनेपाल २०८० भदौ १२ गते ७:५१ मा प्रकाशित

पाकिस्तानकाे एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएकाे तीन वर्षकाे जेल सजाय निलम्बन गरेकाे छ ।इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खानलाई यसअघि सुनाइएकाे तीन वर्षकाे जेल सजाय निलम्बन गर्न आदेश दिएकाे हाे । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेको लगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । त्याे निर्णयले उहाँलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो ।

मुख्य न्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामाबादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो । साथै उच्च अदालतले खानलाई रिहा गर्न पनि आदेश दिएकाे अदालतको आदेश दिए पनि खान आज नै रिहा हुने सम्भावना कम रहेको बताइएको छ । ७० वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुनसक्ने आशङ्का उहाँका वकिलहरूले गरेका छन् । विपक्षी दलका धेरैले नेताले खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू