अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

चार दिनदेखि सुनको मूल्य स्थिर

बिआरटीनेपाल २०८० भदौ ११ गते ७:११ मा प्रकाशित

स्थानीय बजारमा सुन लगातार चार दिनदेखि एउटै मूल्यमा बिक्री भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजाबी सुन तोलाको एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तोलाको एक हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू