अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त

बिआरटीनेपाल २०८० भदौ ११ गते ७:१० मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गर्नुभएको हो ।

जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स (यूएई)  र घनश्याम लम्साल कुवेतको राजदूत नियुक्त हुनुभएको छ । उनीहरु मन्त्रिपरिषद्को सिफारिसमा यसअघि नै संसदीय सुनुवाइपछि राजदूतमा अनुमोदन भएका थिए ।

प्रतिक्रिया