अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

सर्वाेच्च अदालतमा सुशासन कायम गर्छाैँ : प्रधानन्यायाधीश श्रेष्ठ

बिआरटीनेपाल २०८० भदौ ११ गते ६:३१ मा प्रकाशित

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको छ ।आज सोमवार सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चमा सुशासन कायम गर्ने बताउनुभएको हो । उहाँले अदालतका काम, कारबाहीलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताउनुभयो । अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नसक्ने प्रधानन्यायाधीश श्रेष्ठकाे विश्वास छ । उहाँले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई स्वचालित पेसी तारेख प्रणालीले मद्दत गर्छ होला जस्तो अनुभूति मलाई भएको छ । विशेष गरेर मुद्दाकाे पेसी व्यवस्थापनदेखि लिएर मुद्दाकाे तारेखदेखि हरेक कुरामा फरक मुद्दा व्यवस्थापन पद्धति लागू गरेका छाैँ । यी सबै कुराहरू प्रविधिमा आबद्ध छन् । प्रविधिमा आबद्ध भएको हुनाले यसले धेरै सुशासनको व्यवस्था गर्छ । यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागिरहेका छाैँ ।’ प्रधानन्यायाधीशले स्वचालित पेसी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको बताउनुभयो । यो प्रणालीलाई आउँदा दिनमा काठमाण्डाै जिल्ला अदालत हुँदै अन्य अदालतहरूमा पनि लागू गरिने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू