अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल, स्रोत गोप्य राखिने

बिआरटीनेपाल २०८० भदौ ८ गते ६:५६ मा प्रकाशित

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ ।सीआईबीले आज शुक्रवार सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्य/प्रमाण भएमा सीआईबीको ईमेल ठेगाना cib@nepalpolice.gov.np अथवा ९८५१२९१३११ मा समेत सम्पर्क राख्न अनुरोध गरेको हो ।

यस्तै कार्यालयमै पुगेर पनि सूचना, तथ्य वा प्रमाण उपलब्ध गराउन सकिने र यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्राेत गोप्य रहने पनि सीआईबीले जनाएको छ । आमनागरिककाे साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सकारात्मक सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ । एक महिना अगाडि भन्सार छली ल्याइएको साढे ६० किलो सुन र विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत सुक्ष्म रूपमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू