अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 20:53

कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

बिआरटीनेपाल २०८० भदौ ७ गते ६:५२ मा प्रकाशित

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उद्धव थापा नेतृत्वको सरकारलाई दीर्घकालीन र दूरगामी प्रभाव पर्ने नीतिगत निर्णय नगर्न भनेको हो ।

प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू