अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

६ जना माओवादीमा प्रवेश, अध्यक्ष प्रचण्डले गरे स्वागत

बिआरटीनेपाल २०८० भदौ २ गते ६:०२ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरेका ६ नेतालाई पार्टीमा प्रवेश गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले ६ जनालाई माओवादीमा प्रवेश गराएका हुन् ।

यसरी प्रवेश गर्नेहरूमा डा। अरुण ठाकुर, उज्वल ठाकुर, अभिषेक राउत, वसन्त कुमार तिवारी, रामनाथ महत्तो र सन्दीप ठाकुर रहेका छन् । उनीहरूको राजनीतिक पृष्ठभूमिबारे माओवादीले केही खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू