अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

वायुसेवा निगमले आउँदो २० गतेदेखि साउदी अरेबियाको दमाममा नियमित उडान गर्ने

बिआरटीनेपाल २०८० भदौ २ गते ५:५७ मा प्रकाशित

नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा उडानका लागि टिकट बुकिङ खुल्ला गरेको छ ।आफ्नो १३ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा दमाममा नियमित उडान गर्न लागेको निगमले आजदेखि नै टिकट बुकिङ खुल्ला गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

निगमले काठमाण्डौ–दमाम–काठमाण्डौ रुटमा आउँदो २० गतेदेखि सिधा उडान शुरु गर्दै छ ।शुरुमा बुधवार र शनिवार गरी हप्ताको दुई दिन सिधा उडान गर्ने र आवश्यकता अनुसार पछि थप गर्दै जाने निगमको सूचनामा उल्लेख छ । साउदी धेरै नेपालीहरु रोजगारीको लागि जाने गन्तव्य हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू