अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

सभामुखको एक्लो प्रयासले मात्र संसद्को जारी गतिरोध अन्त्य हुँदैन : सभामुख घिमिरे

बिआरटीनेपाल २०८० भदौ २ गते ५:१३ मा प्रकाशित

सभामुख देवराज घिमिरेले सभामुखको एक्लो प्रयासमा मात्र संसद्को जारी गतिरोध अन्त्य गर्न नसकिने बताउनुभएको छ । संघीय संसद् सचिवालयले  आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सभामुखको भूमिकाबाट संसदमा गतिरोध उत्पन्न नभएको स्पष्ट पार्दै एक्लो प्रयासले मात्र जारी गतिरोध अन्त्य नहुने बताउनुभएको हो ।उहाँले संसद् अवरोध हुँदा सदनको समय,सम्पत्ति र क्षमता खेर गइरहेको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट पार भईसकेको एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

यद्दपि बे्रक सु मा राखेर ल्याइएको उक्त सुन पगाल्दा ६० केजी मात्र पाइएको छ । उक्त सुन प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साउन १० गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । यसबीचमा ८ वटा बैठक बस्न प्रयत्न भएको थियो । जसमध्ये ५ वटा बैठक अवरोध भएको र ३ वटा बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । सदनको गतिरोध अन्त्य गर्न राजनीतिक नेतृत्वबीच पटक–पटक भएका छलफलले सार्थकता पाउन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू