अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 05:05

युरोपेली फुटबलको वर्ष खेलाडीको मनोनयम सार्वजनिक

बिआरटीनेपाल २०८० भदौ १ गते ८:२१ मा प्रकाशित

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ । तीन जनाको सूची सार्वजनिक हुँदा लियोनल मेसी, एर्लिङ हालान्ड र केभिन डी ब्रुएना रहेका छन् ।२०२२/ २३ मा भएका युरोपियन प्रतियोगिताहरुमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।

प्रतियोगिताहरुमा सहभागी प्रशिक्षक, युइएफएका सदस्य देशका प्रशिक्षक र युरोपियन खेल पत्रकारहरुको मतदानका आधारमा मनोनयन सार्वजनिक गरिएको हो । यही अगस्ट ३१ मा हुने च्याम्पियन्स लिगको समुह चरणको ड्र समारोहमा अन्तिम तीनबाट उत्कृष्ट वर्ष खेलाडी घोषणा गरी पुरस्कृत गरिने युइएफएले जनाएको छ ।

प्रतिक्रिया