अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

छात्रालाई याैन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई ९ महिना कैद सजाय

बिआरटीनेपाल २०८० भदौ १ गते ६:३४ मा प्रकाशित

बाल यौन दुर्व्यवहार मुद्दामा ओखलढुङ्गामा एक प्रधानाध्यापकलाई ९ महिना कैद सजाय भएको छ । माेलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो । दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित ५० हजार क्षतिपूर्ति र २० हजार रुपैयाँ जरिबाना असुलउपर गर्नुपर्ने निर्णय गरेकाे स्रेस्तेदार विनोदकुमार घिमिरेले बताउनुभयो ।

गएकाे चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो । साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध अदालतले गएकाे साउन २९ गते याे सजाय सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू