अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलाे पटक फाइनलमा

बिआरटीनेपाल २०८० साउन ३१ गते ६:३१ मा प्रकाशित

आयाेजक अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलाे पटक फिफा महिला विश्वकप फुटबलकाे फाइनलमा पुगेकाे छ ।  आज बुधवार स्टेडियम अस्ट्रेलियामा भएकाे दाेस्राे सेमिफाइनल खेलमा घरेलु टाेलीलाई ३–१ गाेलले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे । इङ्ग्ल्यान्डका लागि इला टाेनी, लरेन हेम्प र एलिसिया रुसाेले गाेल गरिन् । अस्ट्रेलियाका लागि साम केरले १ गाेल फर्काइन् ।

अब इङ्ग्ल्यान्डले उपाधिका लागि स्पेनसँग अगस्ट २० मा खेल्नेछ । स्पेन हिजाे मङ्गलवार भएकाे पहिलाे सेमिफाइनलमा स्विडेनलाई हराउँदै फाइनलमा पुगेकाे हाे । अस्ट्रेलियाले भने तेस्राे स्थानका लागि भाेलि बिहीवार स्विडेनसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू