अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

सरकारको स्थिरतामा शंका गर्नुपर्दैन : उपप्रधानमन्त्री खड्का

बिआरटीनेपाल २०८० साउन २७ गते ६:१० मा प्रकाशित

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गर्नुभएको छ । शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गर्नुभयो ।उपप्रधानमन्त्री खड्काले व्यापार, व्यवसायमा रहेका समस्याहरुको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको पनि बताउनुभयो । उहाँले नागरिक र देशलाई केन्द्रबिन्दु राखेर सरकारले काम गरिरहेको भन्दै आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अफ्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीहरुका केही हदसम्मका समस्याहरु समाधान गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू