अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९
| Colorodo: 20:34
शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुग्नुभएको थियो । यो भेटलाई राष्ट्रपतिको सचिवालयले नियमित भेटवार्ता भएको उल्लेख गरेको छ।
‘प्रधानमन्त्रीज्यू र राष्ट्रपतिज्यूबीच भेटवार्ता भएको हो, यो भेट नियमित हो,’ राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।