अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३
| Colorodo: 15:58
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताउनुभएको छ ।
भारतीय संसदमा आज बिहीवार टमाटरको अभाव र मूल्यबारे जवाफ दिँदै अर्थमन्त्री सीतारमणले नेपालबाट टमाटर आयात गर्न थालेको बताउनुभएको हो । उत्तरी भारतका वाराणसी, लखनउ र कानपुर शहरहरूमा टमाटरको अभाव हुनुका साथै भाउ प्रतिकिलो दुई सय भारुसम्म पुगेको छ ।
खराब वर्षा, उच्च तापक्रम र बालीमा भाइरसको प्रकोपलगायतका कारण भारतमा टमाटर उत्पादनमा व्यापक कमी आएको छ ।