प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आए सदनबाटै पहिचानका आधारमा प्रदेशको नामकरण हुने बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसअघि आफूहरूले पहिचानका आधारमा प्रदेश कायम गर्ने प्रयास गर्दा बहुमत नभएकाले असफल भएको बताउनुभयो।
प्रधानमन्त्रीले अहिलेको घटनाक्रमले नयाँ चेतना पैदा भएको र त्यही चेतनाको बलमा पहिचानसहितको प्रदेशको नामकरण गर्न सकिने धारणा राख्नुभयो । १ नम्बर प्रदेशलाई कोसी प्रदेश नामकरण गर्नु अगाडि आफूले किरात प्रदेश राख्न उचित हुने धारणा राखेको उहाको भनाई थियो ।प्रचण्डले कोसी प्रदेश नामकरण भइसकेपछि भएको आन्दोलनमा आफूले पनि चासो राखेको र पहिचान र अधिकारको आन्दोलनको नेता हुनुको नाताले आन्दोलनको क्रममा सहादत प्राप्त गर्नेलाई सहिद घोषणा र क्षतिपूर्तिको पनि निर्णय गरेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिका कारण पैदा भएको संवेदनशीलताप्रति सरकार गम्भीर रहेको भन्दै गृह र सम्बन्धित प्रहरी अधिकृतलाई रोखर छलफल गरेपछि दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो ।