अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे पत्नीसँग सम्बन्ध विच्छेद

बिआरटीनेपाल २०८० साउन १८ गते ५:३२ मा प्रकाशित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको पत्नी सोफीसँग सम्बन्ध विच्छेद भएको छ । १८ वर्षको वैवाहिक जीवन अन्त्य गर्दै ट्रुडो दम्पति अलग अलग भएका हुन् । प्रधानमन्त्री ट्रुडोले इन्स्ट्राग्राममा भावुक पोस्ट लेख्दै निकै मुश्किलका साथ सम्बन्ध विच्छेदको निर्णय लिएको जानकारी दिनुभएको हो ।

सन् २००५ मा विवाह गरेका ट्रुडो दम्पतिका ९ वर्षदेखि १५ वर्ष उमेरका ३ सन्तान रहेका छन् । ट्रुडोले आफूहरु र आफ्ना सन्तानहरुको भविष्यका लागि निजी विषयहरुको सम्मान हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

क्यानडामा वहालवाला प्रधानमन्त्रीको सम्बन्ध विच्छेद भएको यो दोस्रो घटना हो । ट्रुडोका पिता पियरे ट्रुडो पनि सन् १९७९ मा पदमै रहेको बेला पत्नी मार्गरेटसँग छुट्टिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू