अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. आचार्यको मनोनयन

बिआरटीनेपाल २०८० साउन १७ गते ७:०२ मा प्रकाशित

नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया हेर्ने क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा.शम्भु आचार्यलाई मनोनयन गरेको छ।

डा. आचार्य अहिले डब्लुएचओको निर्देशकका रुपमा जेनेभामा कार्यरत हुनुहुन्छ । सरकारले उहाँको मनोनयनको औपचारिक घोषणा गर्न भने बाँकी छ। दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका ११ सदस्य राष्ट्रहरुले आगामी अक्टोबरमा डब्लुएचओको क्षेत्रीय निर्देशकको चयन गर्नेछन्।

प्रतिक्रिया