अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

बेइजिङमा १ सय ४० वर्षपछि ठूलाे पानी पर्‍याे

बिआरटीनेपाल २०८० साउन १७ गते ६:५० मा प्रकाशित

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा भर्खरै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा सात सय ४४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । सन् १८८३ मा छ सय नाै मिलिमिटर पानी परेको थियो । राजधानी र आसपासका क्षेत्रमा गएकाे शनिवारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख गएकाे ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिम सूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।  बाढी पहिराेमा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने कैयाैँ घाइते भएका छन् । राजधानीका एक लाख बाढी पीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मङ्गलवार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू