अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

अनियमितता गर्नेहरुले नेपाललाई नांगो बनाइरहेका छन् : सांसद भण्डारी

बिआरटीनेपाल २०८० साउन १६ गते ६:४३ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेहरुको विरुद्धमा सबै एक भएर लड्नुपर्ने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरुलाई छानबिन गर्न दिनुपर्ने बताउनुभयो ।

सांसद भण्डारीले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने बताउनुभयो । उहाँले अनियमितता गर्नेहरुले नेपाललाई नांगो बनाइरहेको भन्दै सबै एक भएर त्यसविरुद्ध लड्नुपर्ने बताउनुभयो । सांसद भण्डारीले भ्रष्टाचारीहरुको विरुद्धमा सबै एक भएर लड्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया