अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९
| Colorodo: 21:24
कोशी प्रदेशको मुख्यमन्त्रीमा फेरि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ । यसअघि मुख्यमन्त्री बनेर सर्वोच्च अदालतको खारेजीमा पर्नुभएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ फेरि नियुक्त गर्नुभएको हो ।
थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गर्नुभएको थियो। थापालाई मुख्यकन्त्री बनाउन सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गर्नुभएको छ ।