अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको जसपा अध्यक्ष यादवको टिप्पणी

बिआरटीनेपाल २०८० साउन १४ गते ६:३५ मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको छ । आईतवार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको हो । उहाँले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताउनु भयो । अध्यक्ष यादवले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताउनु भयो । उहाँले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनु भयो ।

अध्यक्ष यादवले नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भएपनि व्यवहार भने विकृत पुँजिवादको उन्मुख भएको बताउनु भयो । त्यसैगरी सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको उल्लेख गर्दै उहाँले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने बताउनु भयो । उहाँले राजनीतिक व्यक्ति, समाजवादी चिन्तक र बौद्धिक वर्गहरुले देशको नीति, योजना र कानून बनाउनुपर्नेमा जोड दिनुभयो ।उहाँले गुणस्तरीय शिक्षा दिने मुलुकहरुले नै प्रगति गर्ने भन्दै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू