अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 22:14

सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिन गृहमन्त्री श्रेष्ठको आह्वान

बिआरटीनेपाल २०८० साउन १३ गते ४:४६ मा प्रकाशित

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गर्नुभएको छ । भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याउने र निहित स्वार्थ अनुकुल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।शनिबार राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारीलाई कारबाही गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

शहीद तथा बेपत्ता योद्धाले ऐतिहासिक राजनीतिक परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको भन्दै मन्त्री श्रेष्ठले त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्नेमा जोड दिनुभयो ।सुशासन कायम गर्दै आर्थिक–सामाजिक समृद्धि हासिल गरेमा मात्र नै शहीदहरूप्रति सच्चा सम्मान तथा श्रद्धा हुने उहाँकाे भनाइ छ । मन्त्री श्रेष्ठले जगडोलस्थित शहीद पार्कका लागि सरकारले आवश्यक सहयोग पर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू