अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 11:57

सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा

बिआरटीनेपाल २०८० साउन १३ गते ४:४० मा प्रकाशित

ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । महानगरका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखाना अवलोकनमा सहज बनाउन सटल बसको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।विश्व बाघ दिवसको अवसरमा भएको कार्यक्रममा उहाँले १४/१५ सिटको हुने बस घमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहोर्‍याइ, तेहेर्‍याइ हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताउनुभयो ।

मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाईगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू