अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६
| Colorodo: 05:01
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृति विरोधी भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै खेल्न सक्नेहरु सधैँ खुशी हुने बताउनुभयो ।
उहाँले धर्तीको जीवहरु प्रकृतिका फूल भएकाले सबै जना प्रकृतिमा खुशी हुन सक्नुपर्ने बताउनुभयो । मन्त्री किराँतीले प्रकृतिको बिरोध गरी प्रकृति मास्नेहरु समाज बिरोधी भएको बताउनुभयो ।मन्त्री किराँतीले प्रकृतिलाई स्वीकार्न नसक्ने मानिसलाई बुद्धिजीवि भन्न नसकिने बताउनुभयो ।