अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

काेशी प्रदेश सरकार गठनविरुद्धकाे रिटमा आज आदेश आएन, भाेलिका लागि पेसी ताेकियाे

बिआरटीनेपाल २०८० साउन १० गते ८:२६ मा प्रकाशित

कोशी प्रदेश सरकार गठनविरुद्धकाे मुद्दामा सबै वकिलको बहस सकिए पनि भोलि बिहीवारका लागि पनि पेसी तोकिएको छ ।

आज बुधवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएको हो । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सबै वकिलले बहस गर्न सकाए पनि माथि आदेश आउन बाँकी रहेकाले भोलि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू