अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको ज्यान गयो : एक जना पक्राउ

बिआरटीनेपाल २०८० साउन ८ गते ७:११ मा प्रकाशित

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला भित्र १९ जना फसेका थिए । चार जना भाग्न सफल भएका छन् ।

भग्नावशेषबाट १५ जनालाई निकालिएकोमा चार जना घाइते छन् । हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको व्यायामशालाका प्रमुखलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू