अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

महिला विश्वकप फुटबल : स्विडेनको विजयी सुरुवात

बिआरटीनेपाल २०८० साउन ७ गते ७:४७ मा प्रकाशित

उपाधिको दावेदार मानिएको स्विडेनले जारी वुमेन्स वल्र्डकप २०२३ मा विजयी सुरुवात गरेको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबल अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ ले हराएको हो ।प्रतियोगिताको तेस्रो वरीयता प्राप्त स्विडेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर जित हासिल गर्न सफल भयो । दक्षिण अफ्रिकाले हिल्डाह मागाइआको गोलले ४८ औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।

फ्रिाडोलिना रोल्फोले ६५ औं मिनेटमा स्विडेनका लागि गोल गरिन र खेल बराबरीमा आयो । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला अमन्डा इलेसडेटले ९० औं मिनेटमा स्विडेनका लागि निर्णायक गोल गरिन् । जितसँगै स्विडेनले समूह ‘जी’ मा ३ अंक जोड्दै सुरुआती अग्रता पनि लिएको छ । यो समूहमा रहेका अर्जेन्टिना र इटालीबीच साेमबार प्रतिष्पर्धा हुँदैछ । आइतबारै समुह ‘ई’ को खेलमा नेदरल्याण्ड्स र पोर्चुगल तथा समुह ‘एफ’ मा फ्रान्स र जमैका भिड्दैछन् ।

प्रतिक्रिया