अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

राष्ट्रपति पौडेल र चिनियाँ टोलीबीच भेटवार्ता

बिआरटीनेपाल २०८० साउन ७ गते ७:३२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ हुने बताउनु भएको छ ।

यसैबीच, नेपालको दुई दिने भ्रमणमा रहनु भएकाे चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य जियाजुनसँग इटाली भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट संवाद गर्नुभएको छ ।संवादका क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गर्नुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइतबार दिउसो भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री दाहाल शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम जानुभएको छ । चिनियाँ नेता युआन जियाजुन भने आइतबार बिहान काठमाडौं आउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू