अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

ईयूले नेपाललाई साढे १० अर्बभन्दा बढी आर्थिक सहायता दिने

बिआरटीनेपाल २०८० साउन ५ गते ७:०३ मा प्रकाशित

युरोपेली संघ ९ईयू०ले नेपालको शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा १०।६३ अर्ब रुपैयाँ आर्थिक सहयता स्वरुप उपलब्ध गराउने भएको छ । उक्त सहायता प्रदान गर्ने सम्बन्धमा नेपाल र ईयूबीच शुक्रबार दुई छुटुटाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार ईयूले विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत सबैको लागि गुणस्तरीय शिक्षा कार्यक्रममा पाँच करोड युरो ९७.३८ अर्ब रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराउने छ । यस्तै, स्थानीय पहलबाट जलवायु परिवर्तनका असर कम गर्न दुई करोड २० लाख युरो ९३।२५ अर्ब रुपैयाँ० अनुदान स्वरुप ईयूले उपलब्ध गराउनेछ ।

‘सबैका लागि गुणस्तरीय शिक्षा’मा गरिने सहयोगले नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय भूमिका खेल्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न योगदान दिने जनाइएको छ । “विद्यालय शिक्षा क्षेत्र योजनाले शिक्षामा पहुँच बढाउनुका साथै शिक्षाको गुणस्तर समेत वृद्धि गर्नेछ, जुन जनशक्ति विकासको लागि महत्वपूर्ण हुनेमा म आशावादी छु,” अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू