अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

युक्रेनले रुसविरुद्धको लडाइमा अमेरिकी ‘क्लष्टर बम’ प्रयोग गरेकाे अमेरिकाको दाबी

बिआरटीनेपाल २०८० साउन ५ गते ६:३९ मा प्रकाशित

युक्रेनले रुस विरुद्धको लडाइमा ‘क्लष्टर बम’हरुको प्रयोग गरिरहेको दाबी अमेरिकाले गरेको छ । आफ्नो देशले सहायता स्वरुप दिएको क्लष्टर बमहरुको युक्रेनले सही तरिकाले सफलतापूर्वक प्रयोग गरिरहहेको ह्वाइट हाउसले पुष्टि गरेको हो ।अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले ‘क्लष्टर बम’ प्रयोगको प्रारम्भिक परिणामहरुले युक्रेनलाई निकै आशावादी बनाएको बताउनुभयो । क्लस्टर बमले एकै पटक धेरै बमहरू छर्ने गर्दछ । युद्धमा सामेल नभएका गैरसैनिक नागरिकलाई समेत निशाना बनाउने यस्तो बमको प्रयोगमाथि विश्वका सयभन्दा बढी देशहरुले प्रतिबन्ध लगाएका छन् ।

रुस विरुद्धको लडाइमा युक्रेनी सेनाको क्षमता बढाउन क्लष्टर बम दिएको प्रतिक्रिया अमेरिकाले दिइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो निर्णय आफ्नालागि निकै कठिन तथा अत्यावश्यक भएको बताउनुभएको थियो । अमेरिकाका सहयोगी देशहरु बेलायत, क्यानडा, न्यूजील्याण्ड र स्पेनले यसको प्रयोगलाई लिएर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू