अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

पाँचौँ दिन पनि बढेर नेप्से २१ सय ६५ विन्दुमा, ३ अर्ब ३४ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० साउन ३ गते ६:५७ मा प्रकाशित

लगातार पाँचौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ विन्दुमा पुगेको छ  । बैंकिङ, विकास बैंक, उत्पादन, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ । अरू समूहको शेयर भने ओरालो लागेको छ । आज सबैजसो बैंकको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय ६० वटा कम्पनीका ८६ लाख ७४ हजार कित्ता शेयर कारोबार भएका छन् । ५१ हजार चार सय पटक भएका कारोबारबाट तीन अर्ब ३४ करोड ८६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ । सबैभन्दा धेरै युनाइटेड अजोड इन्सुरेन्सको २३ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू