अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

इजरायल जातिवादी राष्ट्र नभएको अमेरिकी संसदको घोषणा

बिआरटीनेपाल २०८० साउन ३ गते ६:४४ मा प्रकाशित

अमेरिकी संसदले इजरायल जातिवादी राष्ट्र नभएको घोषणा गरेको छ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाले इजरायल जातिवादी वा रङ्गभेदी राष्ट्र होइन भन्ने प्रस्ताव अध्यधिक बहुमतले अनुमोदन गरेको हो । प्रस्तावको पक्षमा ४ सय १२ मत पर्दा विपक्षमा मात्रै ९ मत परेको थियो ।

गत शनिबार भारतीय मूलकी सांसद प्रमिला जयपालले इजरायललाई रङ्गभेदी राष्ट्र भनेपछि त्यसको जवाफ स्वरुप मंगलबार सिंगो सदन इजरायलको बचाउमा उत्रिएको हो । सांसद जयपालको टिप्पणीले ब्यापक विवाद सिर्जना गरेपछि उनले इजरायलको अति दक्षिणपन्थी सरकारले विभेदकारी नीतिहरु अवलम्वन गरेकोमा आफूले उसलाई जातीवादी भनेको स्पष्टिकरण दिएकी थिइन ।

रिपब्लिकन सांसद अगस्ट फ्लुगरले प्रस्तुत गरेको प्रस्तावमा अमेरिका सधैं इजरायलको पक्षमा उभिने जनाइएको छ । यहुदी धर्मावलम्वीको बाहुल्य रहेको इजरायल अमेरिकाको सबैभन्दा निकट राष्ट्र मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू