अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

१० हजार डलरसहित त्रिभुवन विमानस्थलबाट विदेशी नागरिक पक्राउ

बिआरटीनेपाल २०८० साउन २ गते ६:५१ मा प्रकाशित

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको  प्रहरीले नेपाल एअरलाइन्सको उडानमार्फत् काठमाण्डौदेखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरेकाे हाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे हाते झोला जाँच क्षेत्रबाट झोलामा लुकाएर लैजान लागेको  एक सय दरका एक सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू