अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

आजदेखि मलमास सुरू

बिआरटीनेपाल २०८० साउन २ गते ६:४६ मा प्रकाशित

 मंगलबारदेखि मलमास अर्थात् पुरुषोत्तम मास सुरू भएको छ । मंगलबारदेखि सुरू भएको मलमास साउन ३१ गतेसम्म रहने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास अथवा मलमास भन्ने गरिन्छ ।

एकै महिनाभित्र दुई वटा औंसी तिथि परेमा उक्त महिनालाई मलमासमा गणना गर्ने गरिन्छ । मलमासमा गरिएका धार्मिक कार्यले फल नदिने धार्मिक मान्यता छ । यो महिनाभर भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गर्ने परम्परा रहेको छ । मलमासका कारण यस वर्षका चाड पर्वहरु पछि धकेलिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू