अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

एमालेले एक व्यक्ति एक पदलाई कडाईका साथ लागू गर्ने

बिआरटीनेपाल २०८० साउन १ गते ६:४६ मा प्रकाशित

एमालेमा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन् । एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरुप एमालेले दोहोरो पद कटौती गर्न लागेको जनाएको छ ।शनिबार बसेको पार्टी सचिवालयको २३ औं बैठकले संघीय, प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले पार्टीको अध्यक्ष, सचिव चुनिन नपाउने निर्णय गरेको हो ।

एमालेले आगामी साउन १५ गतेसम्म सदस्यता नवीकरणको समय बढाएको छ । यसअघि गत असार १५ गतेभित्र नवीकरण गरिसक्न अन्तरपार्टी निर्देशन जारी भए पनि सदस्यता अद्यावधिक नभइसकेकाले समयसीमा बढाइएको हो । गत वैशाखसम्म ४९ प्रतिशत मात्रै सदस्यता नवीकरण भएको तथ्यांक केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको थियो ।

त्यस्तै, भदौ मसान्तसम्म प्रदेश कमिटीको अधिवेशन गरिसक्ने एमालेको कार्ययोजना छ । एमालेले २०८० साललाई अधिवेशनको वर्ष मान्दै चैत मसान्तभित्र जिल्ला र वडा तहका अधिवेशन सक्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू