अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

सीटीईभीटीले बढायाे नर्सिङ, एचए र फार्मेसी अध्ययनकाे शुल्क

बिआरटीनेपाल २०८० असार ३० गते ८:३८ मा प्रकाशित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ, सामान्य चिकित्सा (एचए) र फार्मेसीको अध्ययन शुल्क बढाएको छ।सीटीईभीटीले सूचना निकालेर नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी शुल्क बढाइएको जानकारी गराएको हो। अब नर्सिङ पढ्ने विद्यार्थीले तीन वर्षमा ६ लाख २४ हजार दुई सय ३० रुपैयाँ पढाइ शुल्क तिर्नुपर्नेछ । यसअघि नर्सिङको पढाइ शुल्क चार लाख ७५ हजार रुपैयाँ थियो ।

त्यस्तै, एचएका विद्यार्थीले पाँच लाख २३ हजार आठ सय २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि एचएमा चार लाख चार हजार रुपैयाँ शुल्क थियो । यस्तै, फार्मेसीका विद्यार्थीले तीन वर्षमा चार लाख २३ हजार ६६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि फार्मेसीको शुल्क तीन लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू