अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

रक्षामन्त्री खड्काद्वारा पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिबद्धता

बिआरटीनेपाल २०८० असार ३० गते ८:२३ मा प्रकाशित

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताउनुभएको छ ।गृह जिल्ला सुर्खेत पुग्नु भएका खड्काले शनिबार आयोजित एक कार्यक्रममा देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने प्रतिबद्धता जनाउनुभयो ।उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरु निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

उहाँले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको बताउँदै त्यो शहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताउनु भयो । उहाँले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिंचाई, विद्युतीकरण, सडकलगायतका कामहरु गर्ने गरेर भेरी करिडोर सिंचाई विकास योजनालगायतका ठूला विकास योजनाहरु कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू