अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन

बिआरटीनेपाल २०८० असार ३० गते ८:२१ मा प्रकाशित

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गर्नुभएको छ । पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताउनुभयो । उहाँले पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताउनुभयो । उहाँले निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सिन नयाँ राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले काँग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नविन बनाउने क्रम सुरु हुने बताउनुभयो ।महामन्त्री शर्माले कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजविरुद्धको विधेयकमाथि चुनौति आउन लागेको भन्ने कुरा राखेको भन्दै मन्त्रीहरुबाट यस्तो जवाफ सुन्न नचाहेको बताउनुभयो । उहाँले सबैखालका चुनौतिलाई चिरेर मिटरब्याजको विधेयक संसदमा ल्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू