अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

कोसोभोको संसदमा सांसदहरूबीच कुटाकुट

बिआरटीनेपाल २०८० असार २९ गते ७:१० मा प्रकाशित

कोसोभोको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्वियन आदिवासीको मुद्दामा संसद बैठकमा भईरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो ।कुटाकुट गरिरहेका सांसदलाई रोक्न प्रहरी परिचालन गर्नुपरेको थियो । सांसदहरुबीच कुटाकुट चलिरहेको बेला प्रधानमन्त्री कुर्तीलाई स्कर्टिङ गरेर बाहिर निकालिएको थियो ।

कुटाकुटपछि संसद बैठक दुई घन्टाका लागि स्थगित गरिएको थियो । सन् २००८ मा सर्वियाबाट अलग भएर बनेको कोसोभोमा ९० प्रतिशत अल्बानियनहरू छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू